काठमाडौंको वसन्तपुरमा फागुपूर्णिमाको उमंग
प्रकाशित मिति: सोमबार, फाल्गुण २२, २०७९ | १३:५५:०४
काठमाडौं, २१ फागुन । देशभर सोमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् । फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाेल्लासका साथ मनाइरहेका छन् । एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन् ।
प्रकाशित मिति : सोमबार, फाल्गुण २२, २०७९ |
१३:५५:०४
5193





















