राष्ट्रपति निर्वाचनको मतगणना सुरू, नतिजा आजै
प्रकाशित मिति: बिहिबार, फाल्गुण २५, २०७९ | १७:१०:३१
काठमाडौ, २५ फागुन । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको हो । संघीय संसद् भवनको अन्नपूर्ण हलमा भइरहेको मतगणनाको नतिजा बिहीबार नै आउने निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा छन् । विजयी उम्मेदवारलाई प्रमाणपत्र पनि आजै प्रदान गर्ने आयोगको तयारी छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २५, २०७९ |
१७:१०:३१
7063



















