आगलागीबाट बैतडीमा १२ लाख बराबरको क्षति
प्रकाशित मिति: शनिबार, फाल्गुण २७, २०७९ | १४:१९:५८
बैतडी, २७ फागुन | बैतडीमा आगलागी भएको छ । जिल्लाको मेलौली नगरपालिका–७ हरिपुर बजार नजिकै कुमारी बैंकको अगाडी रहेको कृष्णसिंह भण्डारीको न्यू सोलार ट्रेडर्स पसलमा आगलागी भएको हो । शुक्रबार राति पौने नौ बजेतिर पसलमा आगलागी भएको बताइएको छ । आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मेलौली जनाएको छ । आगलागीबाट पसलमा भएका सबै सरसमान जलेर नष्ट भएका बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुण २७, २०७९ |
१४:१९:५८
7195



















