कांग्रेसका सभापति र अमेरिकी सहायक विदेश मन्त्रीबीच भेट
प्रकाशित मिति: शुक्रबार, आषाढ २९, २०८० | १७:४१:२२
काठमाडौँ , २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेट भएको छ ।
आज बिहान मात्रै नेपाल भ्रमणमा आइपुगेका सहायक विदेशमन्त्री लु देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए ।
अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री लु १ दिनका लागि नेपाल भ्रमणमा आइपुगेका थिए ।
उनले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २९, २०८० |
१७:४१:२२
3851



















