गहनासहित ३० लाख बराबरको धनमाल चोरी
प्रकाशित मिति: आइतबार, साउन ०७, २०८० | १७:१३:४३
काठमाडौं,०७ साउन । काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका ३ बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित आठ हजार पाँच सय गरी करिब ३० लाख बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिलाई खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहको जनाएको छ ।
प्रकाशित मिति : आइतबार, साउन ०७, २०८० |
१७:१३:४३
7283
















