२२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० | १२:१०:३३
काठमाडौँ,१० साउन | नेपाल प्रहरीको विभिन्न पदमा कार्यरत २२ जना लामो समयदेखि सम्पर्क विहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै उनीहरू लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएको जनाएको छ ।
कार्यालयले सूचना प्रकाशित भएको ७ दिनभित्र सम्पर्कमा आउन अनुरोध गर्दै अन्यथा सेवाबाट हटाइने जनाएकाे छ ।
प्रकाशित मिति : बुधबार, साउन १०, २०८० |
१२:१०:३३
5677
















