अमेरिकामा एकैदिन ८४ जनाको मृत्यु,न्युयोर्क शहरमा सबैभन्दा धेरै कोरोना संक्रमित
न्युयोर्क,१४ चैत्र
कोरोना भाइरस(कोभिड १९) बाट न्युयोर्क शहरमा एकै दिन ८४ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहीवारमात्र कोरोनाका कारण ८४ जनाको मृत्यु भएको न्युयोर्क पोस्टले जनाएको छ।
एकै दिनमा एक हजार २ सय ३९ जना नयाँ संक्रमित देखिएको मेयर डि ब्लजिओको कार्यालयले उल्लेख गरेको हो। अहिलेसम्म न्युयोर्कमा ३७ हजार ८७७ जनामा कोरोना संक्रमण देखिएकोमा ३ सय ६५ जनाको मृत्यु भइसकेको छ।
नेपालीहरु रहने म्यानहटन क्षेत्र ४ हजार बढी संक्रमित भेटिएका छन्। त्यसैगरी क्वीन्समा ७ हजार बढी संक्रमित छन्। ब्रुकलिनमा ६ हजार माथि पुगेको छ। कोरोनाकै कारण न्युयोर्कमा एक नेपालको मृत्यु भएको थियो।
यता सरकारी वेबसाइट भ्वाइस अफ अमेरिकाले भने न्युयोर्कमा तीन सय ४० जनाको मृत्यु भएको जनाएको छ। पछिल्लो तथ्यांकलाई हेर्ने हो भने न्युयोर्क सबैभन्दा धेरै ज्यान गुमाउने शहर बनेको छ।
त्यसपछि वासिङ्टनमा एक सय ५० जनाको मृत्यु भएको छ। न्युजर्सीमा न्युयोर्कपछि धेरै संक्रमित रहेका छन्। अमेरिकामा ८३ हजार ८३६ मा कोरोना संक्रमण देखिएको छ भने एक हजार २ सय ९ जनाको मृत्यु भइसकेको छ। कोरोना संक्रमण विश्वभर फैलिँदा अहिले अमेरिका संक्रमितको संख्याको पहिलो नम्बरमा रहेको छ।
























