कोरोना अपडेट : कति पुग्यो मृतकको संख्या, कति संक्रमित ?
प्रकाशित मिति: शुक्रबार, चैत्र १४, २०७६ | १८:४२:१३
काठमाडौं,१४ चैत्र ।
विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म २४ हजार ८ सय ७२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ५ लाख ४९ हजार ३५९ जनालाई संक्रमण भएको छ । १ लाख २८ हजार ६७२ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म १९८ देशमा संक्रमण फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको भाइरसका कारण अमेरिकामा १ हजार ३सय ४ जनाको मृत्यु भइसकेको छ भने ८५ हजार ७४९मा संक्रमण देखिएको छ । इटालीमा अहिलेसम्म ८ हजार २१५ जनाको मृत्यु भएको छ । चीनमा भने ३ हजार २९२ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १४, २०७६ |
१८:४२:१३
4643
























