कोरोना उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाइ सुविधासम्पन्न होटलमा राखिने
प्रकाशित मिति: मंगलबार, चैत्र १८, २०७६ | १५:१४:२६
काठमाडौं,१८ चैत ।
कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक नर्स र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राख्ने सरकारले तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्यविज्ञ डा खेम कार्कीले कोरोनाको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न सबैलाई उपचार गर्ने हब अस्पतालको नजिक रहेका सुविधासम्पन्न होटलमा बस्ने र खाने व्यवस्था गर्ने तयारी गरिएको जानकारी दिए।
‘हामीले उपचारमा संलग्न हुने सबैलाई अस्पताल नजिकको होटलमा राख्ने तयारी गरीरहेका छौँ’, उनले भने ‘भोलि यदी महामारी भयो भने कुन–कुन अस्पतालमा राख्ने भन्ने म्यापिङ गरीरहेका छौँ।’
सरकारले यस अघि उपचारमा संलग्न चिकित्सकहरूको निशुल्क बिमा, थप भत्ता लगायतका सुविधा दिने निर्णय गरिसकेको छ।
प्रकाशित मिति : मंगलबार, चैत्र १८, २०७६ |
१५:१४:२६
4973



















