मेसी बने तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी
प्रकाशित मिति: मंगलबार, माघ ०२, २०८० | १८:०४:२२
काठमाडौँ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार बिहान लन्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे ।
मेसीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् । मेसी र हालान्डले समान ४८ अङ्क प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरूको मतका अधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अङ्क प्राप्त गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, माघ ०२, २०८० |
१८:०४:२२
5149



















