कतारबाट एउटै फ्लाइटमा काठमाडौं आएका दोस्रो, पाँचौं र छैठौँ कोरोना संक्रमित
प्रकाशित मिति: बिहिबार, चैत्र २०, २०७६ | १७:४५:५०
काठमाडौं,२० चैत्र ।
दोस्रो, पाँचौं र छैठौँ कोरोना संक्रमित एउटै विमानबाट नेपाल आएको पाइएको छ । चैत ४ गतेको कतार एयरलाइन्सकै फ्लाइटमा दोहाबाट काठमाडौँ आएका एक जनामा थप कोरोना देखिएको हो।
यो विमानमा १ सय ५८ जना यात्रु थिए। तीमध्ये १ सय ४० जनाको मात्र ट्र्याकिङ भएको छ अहिलेसम्म।
यही फ्लाइटबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरु सबैको उपचार जारी छ। यससहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले आज गरेको ब्रिफिङ अनुसार पछिल्लो पटक पहिचान भएका संक्रमितलाई ट्रेसिङ गर्ने चिकित्सक र टोलीलाई यसबारे डिटेल जानकारी छ। ‘उहाँहरुले केस पोजेटिभ आएपछि गर्नुपर्ने कार्य सुरु गरिसकिएको अवस्था छ,’ मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भने, ‘यो केसबारे अरु डिटेल छैन। पछि जानकारी गराउनेछौं।’
प्रकाशित मिति : बिहिबार, चैत्र २०, २०७६ |
१७:४५:५०
4951




















