तनहुँमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रकाशित मिति: सोमबार, माघ १५, २०८० | ११:१७:०९
तनहुँ । तनहुँमा ट्रकको टक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार बेलुका ८:५० बजे आबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित पृथ्वी राजमार्ग सडकमा आबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ क ५०१२ नम्बरको मिनि ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्र.३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट आबुखैरेनी गाउँपालिका ३ का २६ वर्षीय सफल राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका तनहुँको आबुखैरेनी गाउँपालिका-३ का २६ वर्षीय सफल रानालाई उपचारका लागि आबुखैरेनी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको राति १० बजे उनको मृत्यु भएको खाँणले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, माघ १५, २०८० |
११:१७:०९
5193



















