त्रिविले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिन सुरू
प्रकाशित मिति: सोमबार, माघ १५, २०८० | १७:२५:२७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ । त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने निर्णय गरेको थियो ।
साेही अनुसार आजबाट सेवा सुरु हुन लागेकाे हाे ।

प्रकाशित मिति : सोमबार, माघ १५, २०८० |
१७:२५:२७
4731

























