त्रिभुवन विमानस्थलमा कार्यरत डीआईजी चन्दले दिए राजीनामा
प्रकाशित मिति: शनिबार, माघ २०, २०८० | १६:४२:३०
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । शुक्रबार (हिजो) उनले प्रहरी प्रधान कार्यालयमा राजीनामापत्र बुझाएका हुन् ।
व्यक्तिगत कारणले नै राजीनामा दिएको चन्दले बताए। राजीनामा दिनुको औपचारिक जानकारी भने नआइसकेको प्रहरी कार्यालयले जनाएको छ । गत वैशाख १३ गते चन्दलाई विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो ।
प्रकाशित मिति : शनिबार, माघ २०, २०८० |
१६:४२:३०
4049



















