पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०१, २०८० | १९:०८:४५
पाल्पा । पाल्पाको चिदिमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । मंगलबार साँझ भएको दुर्घटनामा कम्तिमा ८ जनाले ज्यान गुमाएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले बताए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ । थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०१, २०८० |
१९:०८:४५
5765





















