कोरोना प्रभाव : कक्षा ११ र १२ को परीक्षा स्थगित
प्रकाशित मिति: मंगलबार, चैत्र २५, २०७६ | १३:१४:१५
काठमान्डौ ,२५ चैत्र ।
कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।
मङ्गलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा मङ्गलबार निर्णय भएको हो ।
प्रकाशित मिति : मंगलबार, चैत्र २५, २०७६ |
१३:१४:१५
4841

























