सर्लाहीमा पेस्तोल सहित २ जना पक्राउ,भाग्न खोज्दा प्रहरीद्वारा खुट्टामा गोलि प्रहार
प्रकाशित मिति: मंगलबार, चैत्र ०६, २०८० | १२:२८:४१
चितवन , ६ चैत । सर्लाही प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले एउटा अमेरिकन पेस्तोल र ६ राउन्ड गोलिसहित दुईजनालाई सोमबार पक्राउ गरेको हो । सोमबार बेलुका सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा ६ मगर टोलबाट भारतको बिहार सितामढी बस्ने बर्ष २८ को सन्नी कुमार सिंह र बिहार मोतिहारी गगापिपरा बस्ने २४ वर्षको जितेन्द्र कुमार राउतलाई पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा उनीहरुको डेरामा चेकजाँच गर्न जादा जितेन्द्रले आफ्नो साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोलि फायर गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले ९ एमएम अमेरिकन अटो पेस्तोल र पेस्तोलको म्यागजिन र त्यसमा लाग्ने ६ राउन्ड गोलि र एउटा खोका सहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लैजाने गर्ने क्रममा बसबरिया गाउँपालिका ६ पोखरिया नजिक प्रहरीको गाडीबाट जितेन्द्र भाग्न खोजेपछि प्रहरीले ५ राउन्ड फायर गरेको थियोे । प्रहरीले प्रहार गरेको दुई राउन्ड गोलि जितेन्द्रको बायाँ घुडा र दाहिने तिघ्रामा लागेको ज्ञवालीले बताए । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र ०६, २०८० |
१२:२८:४१
5589
















