भारतले बनायो कोरोना भाइरस विरुद्धको भ्याक्सिन,जनावरमा प्रयोग सुरु
प्रकाशित मिति: बुधबार, चैत्र २६, २०७६ | १९:३२:५६
अहमदावाद, २६ चैत ।
कोरोना भाइरसविरुद्ध लडाई लडिरहेको संसारका लागि भारतबाट खुसीको खबर आएको छ । बुधबार त्यहाँ कोरोना भाइरसविरुद्धको भ्याक्सिनको जनावरमा प्रयोग सुरु गरिएको हो । यसको नतिजा आउन ४ देखि ६ महिनामा आउने विश्वास लिइएको छ ।
गुजरातको जाइडस क्याडिला कम्पनीले उक् भ्याक्सिन बनाएको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । यही कम्पनिले २०१० मा देशमा स्वाइन फ्लूको सबैभन्दा पहिलो भ्याक्सिन बनाएको थियो ।
उक्त कम्पनीले मार्च देखि नै कोरोना भाइरसविरुद्ध भ्याक्सिन विकास गर्न लागिपरेको जनाएको थियो । कम्पनीका कार्यकारी निर्देशक शर्विल पटेलका अनुसार भ्याक्सिन विकाससँग परीक्षणको लागि समय लाग्ने भएकोले सफल हुने विश्वास लिएको बताए ।
प्रकाशित मिति : बुधबार, चैत्र २६, २०७६ |
१९:३२:५६
6447



















