माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा जारी
प्रकाशित मिति: बुधबार, आषाढ २६, २०८१ | १४:४५:२३
चितवन, २६ असार । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सत्ताबाट बाहिरिने अवस्था बनेपछि माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको हाे । बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भइरहेको जनाइएको छ ।
स्पष्ट अल्पमतमा परेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रकाशित मिति : बुधबार, आषाढ २६, २०८१ |
१४:४५:२३
4885



















