त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
प्रकाशित मिति: आइतबार, आषाढ ३०, २०८१ | १४:४०:३४
चितवन, ३० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा अङ्गका प्रमुखसँग सिमलताल बस दुर्घटना पछि खोजी कार्यको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले निजी निवास खुमलटारमा भेटेर सुरक्षा अङ्गका प्रमुखसँग बस दुर्घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् ।
प्रधानमन्त्रीले सबै उपायहरूको अवलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन समेत सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिएका छन् । साथै उनले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद समेत व्यक्त गरे।
प्रकाशित मिति : आइतबार, आषाढ ३०, २०८१ |
१४:४०:३४
4423




















