कोरोनाको महामारी: विश्वभर कोरोना संक्रमितको संख्या १७ लाख ८१ हजार नाघ्यो,सबैभन्दा बढी मृत्यु अमेरिकामा
काठमाडौं,३० चैत्र ।
चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ । विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभरमा कोरेनाबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार ८५४ पुगेको छ भने कारोना संक्रमितको संख्या १७ लाख ८१ हजार ५३ पुगेको छ ।
त्यस्तै कोरोनाबाट संक्रमित ४ लाख ४ हजार ५५४ जना उपचारपछि निको भएका छन् । हालसम्म सबै देशका तथ्यांक हेर्दा अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार ५८० पुगेको छ । भने संक्रमितको संख्या ५ लाख ३३ हजार नाघेको छ ।
त्यस्तै इटालीमा कोरोनाबाट १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ भने कोरोनाबाट संक्रमितको संख्या १ लाख ५२ हजार २ सय ७१ पुगेको छ । त्यस्तै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ६ सय पुगेको छ । त्यस्तै स्पेनमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ६३ हजार पुगेको छ ।




















