माओवादी नेता जनार्दन शर्माको प्रस्तावः ‘पार्टीको नाम र चुनाव चिन्ह फेरौं’
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१ | १२:५५:०३
चितवन , २७ साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका छन् । सरकारबाट बाहिरिएपछि बसिरहेको पार्टीकाे स्थायी कमिटि बैठकमा उपमहासचिव शर्माले यस्ताे प्रस्ताव गरेका हुन् । पार्टी निमार्णका लागि विभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘वर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन् ।
माओवादीकाे बैठक जारी छ ।

प्रकाशित मिति : आइतबार, साउन २७, २०८१ |
१२:५५:०३
3895



















