कोरोना अपडेट : मर्नेको संख्या एक लाख ९ हजार नाघ्यो, १७ लाख ८७ हजार बढी संक्रमित
काठमाडौं,३० चैत्र ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ )को कारण यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ९ हजार ६ सय ९१ जना मानिसको मुत्यु भएको छ । १७ लाख ८७ हजार ७ सय ६६ जना मानिस कोरोना भाइरसबाट संक्रमित छन् । ४ लाख ११ हजार ५९० निको भएर घर फर्किएका छन् ।
चीनमा उपचारपछि निको भएर घर फकिनेको संख्या ७७ हजार ५ सय ७५ पुगेको छ। स्पेनमा ५९ हजार १ सय ९ जना मानिस निको भएर घर फर्किसकेका छन्।
जर्मनीमा ५७ हजार ४ सय निको भएर घरफर्किसकेका छन्।
अमेरिकामा ३० हजार ५ सय २ जना मानिस उपचार पनि निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १७ लाख ८७ हजार ७ सय ६६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
अमेरिकामा संक्रमितको संख्या ५ लाख ३० हजार ६ पुगेको छ।
स्पेनमा १ लाख ६३ हजार २७ जना मानिस संक्रमित भएका छन्। इटालीमा १ लाख ५२ हजार २ सय ७१ जना संक्रमित भएका छन्।
जर्मनीमा संक्रमितको संख्या १ लाख २५ हजार ४ सय ५२ पुगेको छ।
सबै भन्दा बढी मुत्यु हुने देश कुन देशमा कति
अमेरिकामा मुत्यु हुनेको संख्या २० हजार ५ सय ८० पुगेको छ।
इटालीमा १९ हजार ४ सय ६८ जनाको मुत्यु भइसकेको छ।
स्पेनमा १६ हजार ६ सय ६ जनाको मुत्यु भएको छ।
फ्रान्समा मुत्यु हुनेको संख्या १३ हजार ८ सय ३२ पुगेको छ।
युकेमा ९ हजार ८ सय ७५ जनाको मुत्यु भइसकेको छ।
इरानमा ४ हजार ३ सय ५७ जनाको मुत्यु भएको छ।
बेल्जियममा ३ हजार ६ सय जनाको मुत्यु भइसकेको छ।
चीनमा ३ हजार ३ सय ३९ जनाको मुत्यु भएको छ ।
जर्मनीमा २ हजार ८ सय ७१ जनाको मुत्यु भएको छ।
नेदरल्याण्डमा २ हजार ६ सय ४३ जना मानिसको मुत्यु भइसकेको छ।




















