तनहुँमा ६ वटा गाडी ठोक्किए
प्रकाशित मिति: बुधबार, भाद्र १२, २०८१ | १९:५१:३४
चितवन, १२ भाद्र । तनहुँमा पृथ्वी राजमार्गमा ६ वटा गाडी ठोक्किएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा ६ वटा गाडीहरु आपसमा ठोक्किएका हुन् । दुर्घटना ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पोखराबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ५ ख २०३४ नम्बरको बसले ग २ ख १३९० नम्बरको ट्रकलाई ठक्कर दिएपछि त्यसले ग ३ च ८३९० नम्बरको जिपलाई ठक्कर दिएको थियो । त्यसपछि जिपले ग १ ख ९५६१ नम्बरको बस, ना १ च ८४३४ नम्बरको जिप र ना २ ख ३७८९ नम्बरको माइक्रो बसलाई ठक्कर दिएको हो ।
प्रकाशित मिति : बुधबार, भाद्र १२, २०८१ |
१९:५१:३४
4247



















