५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु
प्रकाशित मिति: बुधबार, आश्विन ०२, २०८१ | १४:००:४८
चितवन, ०२ आश्विन । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ ।४५ वर्षीय राईलाई बुधबार बिहान असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।
राईले ५ दिनअघि मात्र ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए । मोरङको बेलबारीका राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए ।
प्रकाशित मिति : बुधबार, आश्विन ०२, २०८१ |
१४:००:४८
3763


















