रवि लामिछानेले ‘क्लिन चिट’ पाएका हुन् ? हेर्नुहोस् छानबिन समितिको पूर्णपाठ
प्रकाशित मिति: शुक्रबार, आश्विन ०४, २०८१ | १५:०९:२२
चितवन , ०४ असोज । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन बिहीबार वेबसाइटमा सार्वजनिक गरेको हो ।
सो प्रतिवेदन ११ सय २४ पेज लामो छ । एमाले सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ ।
सहकारी छानबिन समितिको पूर्ण प्रतिवेदन यो लिंकबाट हेर्न तथा डाउनलोड गर्न सकिनेछ ।
प्रकाशित मिति : शुक्रबार, आश्विन ०४, २०८१ |
१५:०९:२२
4093



















