महानगरको प्रहरी पुग्यो गौशाला धर्मशाला खाली गराउन
प्रकाशित मिति: बुधबार, आश्विन २३, २०८१ | १५:०४:०७
चितवन, २३ असोज । पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन काठमाडौं महानगरपालिकाको टोली पुगेको छ । बुधबार दिउँसो वडा नम्बर ८ का वडाध्यक्ष आशमान संगतसहित महानगरपालिकाको टोली गौशाला धर्मशाला पुगेको हो ।
महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार आज १० बजेसम्म गौशालाको धर्मशाला खाली गर्न हिजो (मंगलबार) नै माइकिङ भएको थियो ।
आज वडाध्यक्षसहित महानगर प्रहरी त्यहाँ पुगेका हुन् । उनीहरू पुगेपछि मारवाडी सेवा समितका सदस्यहरूले बसेर सल्लाह गर्नुपर्ने र अहिले नै महानगरपालिकाले आफ्नो बोर्ड राख्न नहुने बताएका छन् ।
प्रकाशित मिति : बुधबार, आश्विन २३, २०८१ |
१५:०४:०७
3059



















