रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रकाशित मिति: आइतबार, कार्तिक ०४, २०८१ | १७:३८:३४
चितवन, ०४ कार्तिक । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न कास्की प्रहरीले ६ दिन माग गरेको थियो ।
कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले ६ दिन हिरासतमा राख्न आदेश दिएको हो । शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्याइएको थियो । उनलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो ।
प्रकाशित मिति : आइतबार, कार्तिक ०४, २०८१ |
१७:३८:३४
3499


















