सनसिटी अपार्टमेन्टमा कोरोना परीक्षण शुरु
प्रकाशित मिति: बुधबार, बैशाख ०३, २०७७ | १३:४१:४७
काठमाडौं,३ वैशाख
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक परिवारमा कोरोना भाइरसको संक्रमण देखिए पछि (यापिड टेष्ट शुरु भएको छ ।
बुधबार बिहानैबाट परीक्षण शुरु गरिएको हो । शुरुमा कोरोना संक्रमण देखिएको ब्लक ए बाट परीक्षण गरिदैछ । अहिले अपार्टमेन्टका ९० परिवारका झण्डै २५० परिवारको परीक्षण भइरहेको छ ।
अपार्टमेन्टको प्रत्येक टावरमा १६ तले छन् । यस हिसाबले १७ सय देखि दुई हजारसम्म मानिस अपार्टमेन्टमा रहेको अनुमान गरिएको छ ।
गएको ५ चैतमा बेलायतबाट फर्किएका एक परिवारका दुई जनामा मंगलबार कोरोना भएको पुष्टि भएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख ०३, २०७७ |
१३:४१:४७
4445



















