चीनबाट स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुगे जहाज
प्रकाशित मिति: शुक्रबार, बैशाख ०५, २०७७ | ११:४७:१८
काठमाडौं, ५ बैशाख ।
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए-३३० जहाज चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर काठमाडौँ आइपुगेका छन् । बिहीबार राति व्यवसायीले चार्टर्ड गरेका निगमका दई जहाज स्वास्थ्य सामग्री लिन चीनको ग्वाङ्जाओ उडेका थिए ।
दुवै जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । के–कति परिणाममा सामग्री ल्याइयो भन्ने खुलेको छैन । अबको एक घण्टामा जहाजमा रहेका स्वास्थ्य सामग्री निकालिनेछ ।
चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०५, २०७७ |
११:४७:१८
5677



















