कोरोनाका कारण पारिवारिक उत्सव शोकमा परिणत
प्रकाशित मिति: शुक्रबार, बैशाख ०५, २०७७ | १४:३४:२०
काठमाडौं ,५ वैशाख ।
ब्राजिलमा एक पारिवारिक उत्सव शोकमा परिणत भएको छ । जन्मदिनको ९बर्थ डे० पार्टीमा सहभागीमध्ये तीन जनाको मृत्यु हुनुका साथै १० जनामा कोरोना संक्रमण फेला परेपछि पारिवारिक उत्वस शोकमा परिणत भएको हो ।
बर्थडेमा सहभागी कसैले पनि यस्तो हुन्छ भनेर अपेक्षा गरेका थिएनन् । तर बर्थडे पार्टीको दुई हप्ता भित्र धेरै व्यक्ति बिरामी भए । पार्टीमा सहभागी अधिकांश मानिस कोरोना भाइरस संक्रमणको संदिग्ध रूपमा देखिएका छन् ।
ब्राजिलको साओ पाउलोमा जन्मदिनको भोजमा भाग लिने २८ जना मध्ये तीनको मृत्यु भएको छ भने बाँकी सदस्यहरूको जीवन खतरामा परेको छ । मृत्यु भइसकेका तीनै जना एकै परिवारका थिए ।
यद्यपि स्थानीय प्रशासनले कोरोना भाइरसको संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको स्वीकारेको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०५, २०७७ |
१४:३४:२०
5743



















