कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु
प्रकाशित मिति: शनिबार, माघ २०, २०८१ | २०:३८:२८
चितवन, १९ माघ । भारतको प्रयागराजमा जारी कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ ।
भारतीय मिडिया दैनिक भाष्करका अनुसार मृत्यु हुनेमा मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र जिप चालकको मृत्यु भएको हो ।
महाकुम्भबाट विआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियोमा महोत्तरीको मनराकट्टी घर फर्किने क्रममा भारत विहारको मुजफ्फरपुर नजिकै हाईवेमा दुर्घटना भएको हो ।
दुर्घटनामा मनोहर झा, कामिनी झा, सृष्टि ठाकुर, नेपाल प्रहरीका जवान मनोज यादव र एकजना नाम नखुलेका व्यक्ति गीम्भर घाईते भएका छन् ।
तीव्र गतिमा रहेको स्कार्पियोले एक मोटरसाईकल चालकलाई बनाउने अनियन्त्रित भई पल्टेको थियो । दुर्घटनामा अन्य चारजना गम्भीर घाइते भएका छन् ।
प्रकाशित मिति : शनिबार, माघ २०, २०८१ |
२०:३८:२८
4071



















