आजको दुवै सदनको कार्यसूचीमा परेनन् अध्यादेश
प्रकाशित मिति: आइतबार, माघ २८, २०८१ | १२:२४:४५
चितवन, २७ माघ । आइतबार संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । आजका बैठककाे कार्यसूचीमा सरकारले प्रतिनिधिसभामा टेबुल गरेका ६ वटा अध्यादेश परेका छैनन् । जसपा नेपालसँग छलफल नटुंगिएपछि हिँउदे अधिवेशनको पहिलो बैठकमा पेश गर्ने भनिएका अध्यादेश सरकारले रोकेको थियो ।
२७ गतेको सभामा अध्यादेश अगाडि बढाइने भन्दै अध्यादेश पेश गर्ने कार्यसुची स्थगित गरिएको थियो । तर, आइतबारको दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश समावेश गरिएको छैन । आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति : आइतबार, माघ २८, २०८१ |
१२:२४:४५
3499



















