धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत, आराेपी फरार
प्रकाशित मिति: आइतबार, माघ २८, २०८१ | १४:२७:५०
चितवन, २७ माघ । धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत भएकी छन् । स्थानीय विद्यालयमा कक्षा ७ मा अध्ययनरत किशोरीमाथि गत बिहीबार साँझ बलात्कार भएको हो ।
प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा किशोरीलाई सडकमा रोकेर १८ वर्षीय युवकले आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । चक्कु देखाएर धम्क्याउँदै ती युवकले किशोरीलाई आफ्नो घर लगे । त्यसपछि किशोरीमाथि जबरजस्तीकरणी गरेर युवक फरार भएका छन् ।
पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।
किशोरीलाई डर, त्रासमा पारेर घरमै लगेर बलात्कार गर्ने युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, माघ २८, २०८१ |
१४:२७:५०
4687



















