भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीकाे मृत्यु
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ०३, २०८१ | १६:४०:१३
चितवन, ०२ फागुन । भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीकाे मृत्यु भएकाे छ । चाँगुनारायण नगरपालिका-३ कोल्पाकोट ओरालोस्थित सडकमा व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ४६३७ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगरको शुक्रबार दिउँसो मृत्यु भएको हाे ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ०३, २०८१ |
१६:४०:१३
3543



















