सांसद रेखा शर्माविरुद्धका कागजात आयोगमा बुझाउँदै काठमाडौँ महानगर
प्रकाशित मिति: आइतबार, फाल्गुण १२, २०८१ | १५:३५:२२
चितवन, ११ फाल्गुन । काठमाडौँ महानगरपालिकाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माविरुद्धका कागजात मानव अधिकार आयोगलाई बुझाउने भएको छ । आयोगले पत्रचार गरेको १० दिनपछि महानगरले कागजात आज बुझाउन लागेको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए ।
“मानव अधिकार आयोगले अनुसन्धानका लागि कागजात माग गरेको छ । महानगरपालिकाको टोली केहीबेरमा आयोगमा जाँदै छ,” उनले भने ।
आयोगले गत माघ ३० गते महानगरसँग प्रदेश सांससद शर्मासँग सम्बन्धित कागजात माग गरेको थियो ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १२, २०८१ |
१५:३५:२२
2663
















