नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुँदै
प्रकाशित मिति: बुधबार, चैत्र २०, २०८१ | १४:०२:०२
चितवन, २० चैत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू नेपालगन्ज आइपुगेका छन ।
अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुन बाँके पुगेका अध्यक्ष प्रचण्ड भोली देखी पुनः सुरू हुने ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’मा सहभागी हुनेछन् ।
भोली र पर्सी बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।
राजावादी प्रदर्शनका कारण चितवनमा पुगे पछि स्थगित भएकाे साे अभियान बाँके र बर्दियावाट पुनः सुरू हुन लागेकाे हाे ।
प्रकाशित मिति : बुधबार, चैत्र २०, २०८१ |
१४:०२:०२
3851



















