रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने
प्रकाशित मिति: बुधबार, जेठ ०७, २०८२ | १४:०१:०९
चितवन, ०७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा बुधबार सुनुवाइ नहुने भएको छ ।
मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । तर, सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
यो मुद्दा आज न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा रहेको थियाे । तर न्यायाधीश सुवेदी संवैधानिक इजलासमा बस्नुपर्ने भएकाले रविको निवेदन सुनुवाइ गरिरहेको इजलास आज नबस्ने भएको हो।
प्रकाशित मिति : बुधबार, जेठ ०७, २०८२ |
१४:०१:०९
2905


















