कांग्रेस–एमाले फरक दल हुन्, असमझदारी हुनु सामान्य हो : सभापति देउवा
प्रकाशित मिति: शुक्रबार, आषाढ १३, २०८२ | १२:०६:१०
चितवन, १३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको बताएका छन् ।
आज चितवनको भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ त्यही कारण देखिएको भन्दै यसलाई अनौठो मान्न नहुने बताए ।
उनले भने, ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो ।, तर सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ ।’
प्रकाशित मिति : शुक्रबार, आषाढ १३, २०८२ |
१२:०६:१०
3037



















