माधव नेपालविरुद्ध बोलेपछि रामकुमारीलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण
प्रकाशित मिति: बुधबार, आषाढ १८, २०८२ | १५:१०:४८
चितवन, १८ असार । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।
पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उनलाई पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो ।
अध्यक्ष नेपालमाथि लागेको भ्रष्टाचार मुद्दाको विषयलाई लिएर गत शनिबार एक कार्यक्रममा पूर्वमन्त्री समेत रहेकी नेतृ झाँक्रीले अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने भनेर दिएको अभिव्यक्ति दिएकी थिइन् ।
उनले प्रयोग गरेको ‘सिनो’ शब्द चयनको विषयलाई लिएर धेरै नेताहरूले आपत्ति जनाइरहेका छन् । नेताहरूले झाँक्रीको उक्त अभिव्यक्ति कुनै हालतमा जायज हुन नसक्ने र उनलाई कारबाही हुनुपर्ने माग उठ्दै आएकाे छ ।
प्रकाशित मिति : बुधबार, आषाढ १८, २०८२ |
१५:१०:४८
2465
















