न्यायाधीश भट्टको इजलासमा पत्रकार दिलभूषण पाठकको बयान र थुनछेक बहस
प्रकाशित मिति: बिहिबार, आषाढ १९, २०८२ | १२:३३:००
चितवन, १९ असार । पत्रकार दिलभूषण पाठकको जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहस हुने भएको छ ।
विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आज आफैँ अदालतमा उपस्थित भएका हुन् । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।
बयानलगत्तै थुनछेक बहस सुरू हुनेछ। थुनछेक बहस सकिएपछि थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने पाउने भन्नेबारे अदालतले आदेश गर्नेछ।
प्रकाशित मिति : बिहिबार, आषाढ १९, २०८२ |
१२:३३:००
2641



















