धर्तीका एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण देखाओस्, जुनसुकै बलिदान दिन तयार छु: माधव नेपाल
प्रकाशित मिति: शुक्रबार, आषाढ २०, २०८२ | १७:२८:४६
चितवन, २० असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुले भ्रष्टाचार गरेको तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्ते बताएका हुन् । नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । यस धर्तीका एकजना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण पेश गरोस्, जुनसुकै बलिदान गर्न म तयार हुनेछु’उनले भने ।
मूल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले संकटग्रस्त अवस्थामा रहेको उनले बताए । एमालेभित्र देखिएको अन्तरसंघर्षले पार्टीको भविष्यमाथि नै प्रश्न उठ्ने देखिएको अध्यक्ष नेपालको भनाइ छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २०, २०८२ |
१७:२८:४६
2641



















