माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकता गर्ने सहमति
प्रकाशित मिति: शुक्रबार, आषाढ २७, २०८२ | १३:२३:२५
चितवन, २७ असार । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने भएको छ । वामदेव गौतम अध्यक्ष रहेको नेकपा एकता राष्ट्रिय अभियान र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकीकरण गर्ने सहमति भएको हो ।
नेपाल र वामदेव गौतमसहितका नेताहरूबीच छलफल हुदाँ राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेकाले पार्टी एकताको सहमति भएको बताइएको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २७, २०८२ |
१३:२३:२५
2729



















