एसीसी यू-१६ इस्ट जोन कप विजेता खेलाडीलाई क्यानले जनही ५० हजार दिने
प्रकाशित मिति: शुक्रबार, आषाढ २७, २०८२ | १३:३६:२१
चितवन, २७ असार । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडी र अफिसियललाई जनही रु ५० हजारसहित सम्मान गर्ने भएको छ ।
यही असार २१ गते मलेसियमा सम्पन्न उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । जसमा सहभागी टोलीलाई क्यानले जनही रु ५० हजार प्रदान गर्ने क्यानद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
नेपालले त्यसअघि समूह चरणको खेलेको सबै खेल जितेको थियो । नेपालले सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको थियो ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २७, २०८२ |
१३:३६:२१
2531


















