दाउरा निकाल्ने क्रममा बुढीगंगा नदीले बगाउँदा एक जनाको मृत्यु
प्रकाशित मिति: सोमबार, आषाढ ३०, २०८२ | १५:३७:०३
चितवन, ३० असार । बुढीगंगा नगरपालिकामा बुढीगंगा नदीले बगाउँदा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुढीगंगा–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार बुढीगंगा–३ र ६ मा पर्ने बुढीगङ्गा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले बगाएर उनको मृत्यु भएको हो ।
दाउरा ल्याउन गएका बुढथापा घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको प्रहरी नायब उपरीक्षक हवारीले बताए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
प्रकाशित मिति : सोमबार, आषाढ ३०, २०८२ |
१५:३७:०३
3323



















