भेरी नदीमा फसेका चार जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
चितवन , १३ साउन । डोल्पाको ठुलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरी नदिको बीच भागमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
उद्वार गरिकाहरुमा सोही जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने ३३ वर्षिय ललित बोहरा, २६ वर्षिय नन्द प्रसाद बोहरा, ३५ वर्षिय लाल कुमार बुढा र ३७ वर्षिय श्यामलाल बोहरा छन् ।
डिएसपी शैलेन्द्र थापाका अनुसार आज बिहान दाउरा लिन गएका उनीहरु नदिमा एक्कासी पानीको बहाव बढेपछि नदिको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिपकराज भट्टको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरुको सकुशल उद्वार गरेको हो ।
उद्वार पश्चात उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको छ । उनीहरुको अवस्था भने सामान्य रहेको डिएसपी थापाले जानकारी दिए ।



















