बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
प्रकाशित मिति: बुधबार, साउन १४, २०८२ | १७:११:२८
चितवन, १४ साउन । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा भारी मतसहित बानियाँ दलका नेतामा चुनिएका हुन् । मकवानपुरबाट प्रतिनिधित्व गर्ने बानियाँले २२ सांसदको मतसहित विजयी हुदाँ मुख्यमन्त्री बहादुर सिंह लामा भने १४ मा सिमित भए। लामा पक्षका एक जना सांसदको मत बदर हुन पुगेको छ । बागमतीमा कांग्रेसका कुल ३७ सांसद छन् ।
मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै आज भएको निर्वाचन गरिएको थियो ।
प्रकाशित मिति : बुधबार, साउन १४, २०८२ |
१७:११:२८
2663


















