महोत्तरीको रातो खोलामा आएको बाढीले बगाउँदा युवकको मृत्यु
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२ | १६:३२:०९
चितवन, २६ साउन । महोत्तरीको बलवा नगरपालिका–२ मा रातो खोलामा आएको बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–३ डाम्ही बस्ने वृजमोहन ठाकुरका छोरा अन्दाजी ३०/३५ वर्षीय चन्दनकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले बताए ।
बलवा नगरपालिका–३ पडौल बजारबाट डिजल लिएर फर्कने क्रममा खोलामा आएको बाढीले बगाउँदा उहाँको मृत्यु भएको प्रहरी निरीक्षक चौहानले बताए ।
प्रकाशित मिति : सोमबार, साउन २६, २०८२ |
१६:३२:०९
3499




















