फिल्म ‘मोहर’को कमाइ २ करोड नाघ्यो
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ | १३:३१:५३
चितवन, ३० साउन । पल शाह स्टारर फिल्म ‘मोहर’ले सिनेपाः बक्सअफिसमा सुखद कमाइ गरीरहेको छ । प्रदर्शनको छैटौं दिन बुधबार रातीसम्म फिल्मको कूल कलेक्सन २ करोड १० लाख ७० हजार रुपैयाँ ग्रस छ ।
प्रदर्शनको ३ दिनमा फिल्मले १ करोड १ लाख रुपैयाँ कमाएको थियो । सकारात्मक ‘वर्ड अफ माउथ’को कारण फिल्मको कमाइलाई दोस्रो सप्ताहन्तमा पनि फाइदा पुग्ने अनुमान गरिएको छ ।
फिल्मको बजेट १ करोड ८६ लाख रुपैयाँ बताइएको छ । विहिबारदेखि प्रदर्शनमा आएका दुई भारतीय फिल्म ‘कुली’ र ‘वार २’को कारण प्रदर्शनरत नेपाली फिल्मको विहिबारे शो संख्यामा गिरावट देखिन्छ । ‘मोहर’ले विहिबार १३१ शो र ‘सिटामोल’ले ३९ शो पाएका छन् ।
प्रकाशित मिति : शुक्रबार, साउन ३०, २०८२ |
१३:३१:५३
4137


















