नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ | १८:१९:५७
चितवन, ३० साउन । टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा नेपाल घरेलु टोली मर्दन टेरिटोरी स्ट्राइकर्ससँग पराजित भएकाे छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीले दिएको रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नर्दन टेरिटोरीले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको थियो।
प्रकाशित मिति : शुक्रबार, साउन ३०, २०८२ |
१८:१९:५७
3235






















